कारोबार


पाँच वर्षे कार्यकाल सकेर डेपुटी गभर्नरद्वय बिदाइ हुँदै, यी छन् दौडमा

पाँच वर्षे कार्यकाल सकेर डेपुटी गभर्नरद्वय बिदाइ हुँदै, यी छन् दौडमा

नेपालखबर
फागुन २४, २०८२ आइतबार १७:३५, काठमाडौँ

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय डा.निलम ढुंगाना र बमबहादुर मिश्रको कार्यकाल आजबाट सकिएको छ।

डेपुटीद्वयको कार्यकाल आइतबार सकिएसँगै सोमबार राष्ट्र बैंकले औपचारिक बिदाइ गर्दैछ। 

राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले सोमबार गभर्नरद्धय पाँच वर्षे कार्यकाल सकेर राष्ट्रबैंकबाट बाहिरिने बताए। ‘भोलि औपचारिक रुपमा बिदाई कार्यक्रम छ,’उनले भने। 

ढुंगाना र मिश्र २०७७ साल फागुनमा डेपुटी गभर्नरमा नियुक्त भएका थिए। ५ वर्षे कार्यकाल सकेर डेपुटीद्धय बाहिरिन लागेका हुन्।
यसअघि गभर्नर बन्नका लागि मुख्य प्रतिस्पर्धी देखिएका पनि दुवै डेपुटी गभर्नर भने बन्न सकेका थिएनन्।

सोमबारबाट डेपुटी गभर्नर पद खाली हुने भएपछि नयाँ नियुक्तीलाई लिएर चर्चा शुरु भएको छ।  राष्ट्रबैंक ऐन २०५८ को दफा १६ अनुसार डेपुटी गभर्नरको नियुक्ती मन्त्रिपरिषदले गभर्नरको सिफारिसमा गर्ने व्यवस्था छ। 

यसका लागी गभर्नरले बैंकका विशिष्ट श्रेणी अर्थात कार्यकारी निर्देशकहरुमध्येबाट कार्यक्षमताको अधारमा नाम सिफारिस गर्नुपर्नेछ। हाल राष्ट्रबैंकमा १८ जना कार्यकारी निर्देशक छन्। 

तीनै कार्यकारी निर्देशकहरुबाट गभर्नरले नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्नेछ।

हालसम्म कार्यकारी निर्देशकहरु नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, बिश्रुत पौडेल, दयाराम शर्मा, गुरु प्रसाद पौडेल, किरण पण्डित, डा.सत्येन्द्र तिम्सिना, चेत प्रसाद उप्रेती, रोसन कुमार सिग्देल, डा.रामशरण खरेल, डा. दिल्लीराम पोखरेल, दिर्घ बहादुर रावल, निश्चल अधिकारी, दिपकराज लामिछाने, राजन विक्रम थापा र राजेन्द्र भट्टराई रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad