कारोबार


एक महिनादेखि सेयरबजार घटेको घट्यै, सोमबारको बृद्धिले पाउला सपोर्ट?

एक महिनादेखि सेयरबजार घटेको घट्यै, सोमबारको बृद्धिले पाउला सपोर्ट?

नेपालखबर
फागुन ११, २०८२ सोमबार १५:३३, काठमाडौँ

एक महिनादेखि नेप्से निरन्तर घटिरहेको बजारमा सोमबार भने हरियाली छाएको छ। माघ १२ गते अर्थात् आजकै दिन २७६९.०९ अंकमा रहेको नेप्से फागुन १२ गते (आज) २६१६. ९७ अंकमा आइपुगेको हो।

एक महिनामा १५२.१२ अंकले घटेको बजारमा सोमबार भने सामान्यअंकको बृद्धि देखिएको हो। सोमबार २.४१ अंकले सूचक बढेर राताम्मे बनेको बजार अन्तिम कारोबार समयमा हरियाली बन्न पुग्यो।

गतहप्ताभरी नै घटेको बजारले सोमबार भने सपोर्ट पाएको देखिन्छ। यो दिन सूचक बढेपनि लगानीकर्ताले भने कारोबारलाई प्राथामिकतामा राख्न सकेनन्। उनीहरूले दिनभर कुल ५ अर्ब १३ करोडको मात्रै कारोबार गरेका हुन्। जुन करिब ४७ दिनयताकै कम हो। कार्तिक २३ गते ५ अर्बको कारोबार भएकोमा त्यसयता सोही रकमको कारोबार भएको थिएन।

त्यस्तै गत माघ अन्त्यतिरबाटै घट्न थालेको सूचकले टेवा पाउन नसक्दा निरन्तर ओरालो लाग्दै आएको छ। 

गत माघ ११ गते ५७ अंकले बढेको नेप्से त्यसको भोलिपल्ट अर्थात् माघ १२ गतेबाट घट्न थालेको थियो। सो दिन  ३.०७ अंकले नेप्से घटेको बजारमा लगानीकर्ताले १६ अर्ब १९ करोडको कारोबार गरेका थिए। 

चुनावी सरगर्मी बढ्न शुरु गर्दैगर्दा बजारमा उल्लास थपिएको थियो जसकारण माघ महिनामै सूचकले २७२८ अंकको उचाई छुन पुग्यो। तर चुनावी सरगर्मी थप बढ्दै जाँदा बजारमा भने त्यसको प्रभाव विस्तारै सेलाउन थालेको हो। 

गत माघ १२ गतेबाट घट्न थालेको बजारले १८ दिनको कारोबारमा जम्मा चार दिन मात्रै कमजोर टेवा पाएको देखिन्छ। 

यो अवधिमा १८ दिन कारोबारमा आएको नेप्से १४ दिन निरन्तर घट्दा चार दिन भने सामान्य अंकले बजार बढ्न पुग्यो। 

सोमबार तीन दिनपछि बजार फेरि २.४१ अंकले सर्पोट पाउँदै हरियो बन्न पुगेको छ।

यद्यपी न्यून अंकको नेप्सेको बृद्धि मंगलबारको काराबारका लागि बलियो सपोर्ट भने होइन।

एक महिनाको टे«ण्ड हेर्दा अधिकतम हप्तादिनसम्म बजार घटेर एक दिन बढ्ने र फेरि उस्तै गति बजारले लिने देखिँदै आएको छ।

लगानीकर्ताको सक्रियता घट्दै जाँदा सोमबार देखिएको बृद्धिलाई कमजोर बनाएको हो। 

यो एक महिनामा सूचक मात्रै घटेको छैन। १६ अर्ब माथि पुगेको दैनिक कारोबार पनि ६९.१० प्रतिशतले घटेर ५ अर्बमा आइपुगेको छ। 

चुनावी सरगर्मी बढ्दै जाँदा लगानीकर्ता भने निरन्तर ओरालो लागेको बजारमा थप जोखिम नमोल्ने रणनीतिमा देखिएका छन्।

लगानीकर्ता सेयरकारोबारलाई लिएर पर्ख र हेरको रणनीतिमा लाग्दा सूचकसँगै कारोबारले टेवा पाउन नसकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad