महाशिवरात्रिको अवसरमा पशुपति नाथ क्षेत्रमा थुप्रिएको फोहोरमैला सफाइ गरिएको छ।
क्रिएसन नेपालले सफा गरौं अभियानअन्तर्गत महाशिवरात्रि पर्वको अवसर पारेर गत करिब पाँच सयभन्दा बढी सफाइकर्मी तथा स्वयंसेवक परिचालन गरी बृहत् सरसफाइ गरेका छन्।
हिजो शिवरात्रिको अवसरमा पनि पशुपतिनाथ क्षेत्रभित्र बढी फोहोरमैला संकलन हुने ठाँउमा करिब पाँच सय भन्दाबढी सरसफाइकर्मीहरु बिहानदेखि बेलुकासम्म सरसफाइ गरेका थिए।
दि कोकालाकोला फाउण्डेसनको सहयोगमा क्लाइमेट स्मार्ट सिटिज परियोजना अन्तर्गत क्रिएसन नेपालले सन्चालन गरेको सफा गरौं अभियान अन्तर्गत पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा सरसफाइ कार्यक्रम सन्चालन गरिएको क्रिएसन नेपालका कार्यक्रम निर्देशक सुजाता कोइरालाले बताइन ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रभित्र दर्शनार्थीहरुको लाखौंको संख्यामा घुईंचो लाग्ने भएको हुँदा फोहोरमैलालाई सरसफाइ कार्यका लागि निजी क्षेत्रमा कार्यरत सफाइकर्मीहरुसँग मिलेर अभियानको रुपमा सफा, पवित्र र हरित शिवरात्री अभियान सन्चालन गरिएको क्रिएसन नेपालका महासचिव रोशना सुवेदीले बताइन्।
सरसफाइ अभियानअन्तर्गत करिब पाँच सयको संख्यामा रहेका सफाइकर्मी तथा स्वयंसेवकहरुले लगातार तीन दिनसम्म पशुपतिक्षेत्रमा सरसफाइ गतिविधि सन्चालन गर्ने क्रिएसन नेपालका कार्यक्रम निर्देशक सुजाता कोइरालाले जानकारी गराइन्।
उक्त अवसरमा कोकाकोला फाउन्डेसनले महाशिवरात्रिको अवसरमा आउने दर्जन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरुका लागि निःशुल्क रुपमा कोकाकोला कम्पनीका विस हजार बोतल जिरो सुगर उत्पदानहरु वितरण गरेका थिए।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई केन्द्रमा राखी जिम्मेवार फोहोरमैला व्यवस्थापन तथा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सफा गरौं अभियान सञ्चालन गरिएको क्रिएसनले जनाएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई सफा, स्वच्छ र मर्यादित राख्ने लक्ष्यसहित सञ्चालन गरिएको यस अभियानले दिगो सरसफाइ संस्कृतिको विकासमा योगदान पुर्याउने विश्वास क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले व्यक्त गरिन्।
क्रिएसन नेपालले ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनामार्फत सहरी क्षेत्रमा दिगो व्यवस्थापन, फोहोर न्यूनीकरण तथा स्वच्छ वातावरण निर्माणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया