नेपाल स्टक एक्सचेन्जले अबदेखि लाभांश वितरण गर्दा सेयरधनीलाई विस्तृत जानकारी दिनुपर्ने भएको छ।
नेप्सेले सबै सूचीकृत संगठित संस्था, सबै सेयर रजिस्ट्रार कम्पनीहरुलाई सबै विवरण खुलाएर लाभांश वितरणको जानकारी सम्बन्धित सेयरधनीलाई दिन भनेको हो।
धितोपत्र निष्काशन गर्ने निकायहरुले आफ्ना धितोपत्रधनीहरुलाई प्रदान गर्ने लाभ (लाभांश, ब्याजलगायत) वितरणसम्बन्धी जानकारी इमेल, एसएमएसलगायत माध्यमबाट गर्दा म्युचुअल फन्ड एकाइ तथा साधारण सेयर भएमा स्टक सिम्बोल, आर्थिक वर्ष र लाभांश दर प्रतिशत खुलाउन भनिएको छ।
त्यसैगरी ऋणपत्र वा डिबेन्चर भए स्टक सिम्बोल, आर्थिक वर्ष र ब्याज दर प्रतिशत खुलाउनुपर्ने नेप्सेले जनाएको छ।
33
Shares

प्रतिक्रिया