कारोबार


अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनार पनि सस्तिए

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनार पनि सस्तिए

नेपालखबर
माघ २३, २०८२ शुक्रबार ५:२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको मूल्य थप घटेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर पनि घटेको राष्ट्र बैंकले जनाएको छ। 

हिजो अमेरिकी डलरको मूल्य घट्दा यी मुद्राको विनिमयदर भने बढेको थियो। 

आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ थियो। 

यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।  

त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८२ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर ९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ७३ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ९३ पैसा र बिक्रीदर १०१ रुपैयाँ १५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ २८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७० पैसा थियो।  

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७२ रुपैयाँ १२ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ०८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ७१ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६२ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad