समाज


काठमाडौँमा साढे १८ लाखसहित उदयपुरका व्यक्ति पक्राउ

काठमाडौँमा साढे १८ लाखसहित उदयपुरका व्यक्ति पक्राउ

नेपालखबर
माघ २३, २०८२ शुक्रबार ५:१९, काठमाडौँ

नेपाल प्रहरीले काठमाडौँमा स्रोत नखुलेको रु १८ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा स्रोत नखुलेको रकम लिएर हिँडिरहेको अवस्थामा उदयपुरका ४५ वर्षीय प्रविन किसनलाई बिहीबार पक्राउ गरेको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ किसनसँग स्रोत नखुलेको रु १८ लाख ५० हजार नगद बरामद गरिएको जानकारी दिए।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उक्त रकमसहित आन्तरिक राजस्व कार्यालय हरिहरभवन ललितपुर पठाइएको प्रवक्ता भट्टराईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad