ad ad

कारोबार


सेयरबजार ३० गतेदेखि दिनको २ घण्टा खुल्ने

सेयरबजार ३० गतेदेखि दिनको २ घण्टा खुल्ने

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ११:५५,

लकडाउनपछि बन्द रहेको सेयर कारोबार यही ३० गतेदेखि पुनः सुरु हुने भएको छ।

धितोपत्र बोर्ड, नेप्से, मर्चेण्ट बैंक, ब्रोकर कम्पनीहरुबीच भएको छलफलले दिनको २ घण्टा सेयरबजार खुल्ला गर्ने निर्णय गरेको हो।

उक्त निर्णयसँगै बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार खुल्ला हुनेछ। सेयरबजारमा ३ प्रतिशतभन्दा उचारचढाव हुन नदिने व्यवस्था गरिएको छ।

धितोपत्र बोर्डका अनुसार अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिर्वतन हुन सक्ने व्यवस्था गरि समग्र दिनको ३ प्रतिशतभन्दा बढी परिर्वतन हुन नदिने व्यवस्था गर्ने निर्णय भएको बोर्डले जनाएको छ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रुपमा आईपीएस वा विद्युतीय माध्यमबाट गर्ने र खरिद गर्दा पनि सोही विधि अपनाउने तर साउनदेखि भने अनिवार्य रुपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने भएको छ।

लगानीकर्तालाई मेरो सेयर खाता खोली सोही खाताबाट अनिवार्य रुपमा ईडीआईएसमार्फत राफसाफ गर्ने व्यवस्था गरिने भएको छ। बोर्डका अनुसार असार मसान्तसम्म मेरो सेयरको नयाँ खाता खोल्दा शुल्क नलाग्ने तथा सबै निक्षेप सदस्यको केन्द्रीय कार्यालयमार्फत राफसाफ गरिनेछ।

त्यस्तै धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भएअनुसार लगानीकर्ताबाट अनिवार्य मार्जिन लिने व्यवस्था अझै कडाइसाथ लागू गरिने बोर्डले जनाएको छ।

कारोबारतर्फ नेप्से २ प्रतिशतले घटी वा बढी भए उक्त दिनको कारोबार बन्द हुने भएको छ। त्यस्तै असारसम्म अनलाइनबाट कारोबार गर्ने लगानीकर्तासँग पासवर्ड र युजर आईडी पाउन ग्राहकले शुल्क तिर्नु नपर्ने र साउनदेखि तोकिएको शुल्क तिरेपछि मात्रै पाउने बोर्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .