कारोबार


निक्कीले भन्यो– भारतीय बजेटबाट नेपालले लाभ लिन सक्छ

नेपाल–भारत व्यापारलाई थप सहज, सस्तो र प्रतिस्पर्धी बनाउने
निक्कीले भन्यो– भारतीय बजेटबाट नेपालले लाभ लिन सक्छ

नेपालखबर
माघ १९, २०८२ सोमबार १८:०, काठमाडौँ

नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की)ले भारतले आइतबार ल्याएको बजेटले नेपालमा पनि प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने जनाएको छ। 

निक्कीका अध्यक्ष सुनिल केसीका अनुसार भारतका करिब ७ प्रतिशत आर्थिक वृद्धिले नेपालका निर्यात उद्योगका लागि स्थिर र विस्तार हुँदै गएको बजार उपलब्ध गराउने र नेपालको उत्पादन, रोजगारी र निर्यात आम्दानीमा सकारात्मक प्रभाव पार्नेछ। 

त्यस्तै भारतको सार्वजनिक पूँजीगत खर्चलाई रु १२।२ ट्रिलियन सम्म वृद्धि गर्नुले पूर्वाधार र लॉजिस्टिक्स सुधार गर्दै नेपाल–भारत व्यापारलाई थप सहज, सस्तो र प्रतिस्पर्धी बनाउनेछ, जसले नेपाली निर्यात र उद्योगलाई अप्रत्यक्ष तर महत्वपूर्ण लाभ पु‍र्‍याउँछ।

भारतको भन्सार सुधार, आधिकारिक आर्थिक सञ्चालक (एईओ) ड्युटी डिफरल विस्तार (१५ देखि ३० दिनसम्म) र वेयरहाउस रिफर्मले नेपालका कार्गोको भन्सार क्लियरेन्स छिटो बनाउँदै डिटेन्सन कस्ट घटाउने र यसले नेपाली निर्यातकर्ताको भारतीय बजारमा प्रतिस्पर्धात्मकता उल्लेखनीय रुपमा सुधार गर्ने केसीको भनाइ छ। 

त्यसैगरी भारतको मरिन, लेदर र कपडाजन्य निर्यात प्रवर्द्धन नीतिनियमले नेपालका कच्चा पदार्थ र पुर्जा आपूर्तिकर्तालाई भारतीय आपूर्ति शृंखलामा सहजै पहुँच र दीर्घकालीन अवसर प्रदान गर्ने उनको भनाइ छ। जसले दुईदेशीय व्यापार बढाउनेछ। 

त्यसैगरी सेवा र पर्यटन विस्तारमा समेत योगदान मिल्ने केसीको अपेक्षा छ। 

त्यसो त भारतको उत्पादन विस्तार नेपालका लागि अवसर र चुनौती दुवै रहेका छन्। नेपालका आपूर्तिकर्ता र दक्ष कार्यबललाई भारतीय बजेटले अवसर प्रदान गरे पनि आत्मनिर्भर भारत प्रतिस्पर्धी र निर्भरताको व्यवस्थापन नेपालकै जिम्मेवारी हुने उनी बताउँछन्। भारतको आक्रामक घरेलु उत्पादन योजनाले नेपालमा निर्मित सामानको बजार स्थान कम गराइरहेको छ। 

भारतीय बजेटमा नेपालप्रति कुनै विशेष प्रावधान स्पष्ट उल्लेख नभएको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad