सुनको मूल्य आज पनि बढेको छ।
सुनको भाउ आज तोलामा पाँचहजार दुईसय रुपैयाँ बढेर तोलाको तीन लाख नौहजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो।
हिजो सुनको भाउ तोलाको तीन लाख तीन हजार आठसय रुपैयाँ थियो।
शुक्रबार तोलामा नौहजार दुई सय रुपैयाँ बढेको सुनको भाउ आइतबार तोलामा दुई हजार चारसय रुपैयाँ बढेको थियो।
गएको बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेको थियो।
आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। तोलामा २८५ रुपैयाँ बढेर चाँदीको भाउ आज ६ हजार ७६५ रुपैयाँ पुगेको छ।
558
Shares

प्रतिक्रिया