कारोबार


तोलाको ३ लाख नाघेपछि पनि सुनको मूल्य निरन्तर उकालो, आज कति पुग्यो?

तोलाको ३ लाख नाघेपछि पनि सुनको मूल्य निरन्तर उकालो, आज कति पुग्यो?

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८२ आइतबार ११:११, काठमाडौँ

सुनको मूल्य आज पनि बढेको छ। शुक्रबार तोलामा नौ हजार दुई सय रुपैयाँ बढेर तीन लाख एक हजार चारसय पुगेको सुनको मूल्य आज तोलामा दुई हजार चारसय रुपैयाँ बढेको हो। 

मूल्य बढेर सुनको भाउ आज तोलाका तीनलाख तीन हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो। 

शुक्रबार सुनको भाउ तोलाको तीन लाख एक हजार चारसय रुपैयाँ थियो। 

गएको बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेर दुई लाख ९२ हजार दुईसय रुपैयाँमा झरेको थियो। 

गएको मंगलबार सुनको मूल्य तोलामा दुई हजार सातसय, सोमबार ४२ सय र गत साताको आइतबार ६ सय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। तोलामा २९० रुपैयाँ बढेर चाँदीको भाउ आज ६ हजार ४८० पुगैयाँ पुगेको हो।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad