कारोबार


सुनको मूल्य तोलाको ३ लाख नाघ्यो, ६ दिनमा २७ हजार एकसय वृद्धि

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?
सुनको मूल्य तोलाको ३ लाख नाघ्यो, ६ दिनमा २७ हजार एकसय वृद्धि

नेपालखबर
माघ ९, २०८२ शुक्रबार ११:१४, काठमाडौँ

सुनको मूल्य तोलाकै तीन लाख रुपैयाँभन्दा माथि पुगेको छ। 

बिहीबारको मूल्यमा नौ हजार दुईसय रुपैयाँ बढेर सुनकाे भाउ आज तोलाको तीन लाख एक हजार चारसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो। 

बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेर दुई लाख ९२ हजार दुईसय रुपैयाँमा झरेको थियो। 

गएको बुधबार तोलामा १० हजार चारसय बढेर सुनको मूल्य दुई लाख ९५ हजार एकसय पुगेको थियो।

गएको मंगलबार सुनको मूल्य तोलामा दुई हजार सातसय, सोमबार ४२ सय र आइतबार ६ सय रुपैयाँ बढेको थियो। गएका ६ दिनमा सुनको भाउ तोलामै २७ हजार एकसय रुपैयाँ बढिसकेको छ। 

आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। तोलामा ३२० रुपैयाँ बढेर चाँदीको भाउ आज ६ हजार १९० पुगैयाँ पुगेको हाे।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad