नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचनाका लागि सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले कार्यदलले अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन बुझाएको पुष्टि गरे।
‘कार्यदलले आज (सोमबार) प्रतिवेदन बुझाएको छ, अहिले यसको अध्ययन भइरहेको छ’, उनले नेपालखबरसँग भने, ‘अध्ययनपछि सार्वजनिक गर्ने कि नगर्ने निर्णय गर्छौँ।’
नेप्से पुनर्संरचनाको लागि गत मंसिरमा नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको नेतृत्वमा धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीसहित ५ जना सदस्य रहेको कार्यदल गठन गरिएको थियो।
कार्यदलले प्रतिवेदन तयार गरेर अर्थमा बुझाएको पाण्डेयले बताए।
पछिल्लो समय सरकारले आफ्नै सेयर लगानी रहेको नेपाल स्टक एक्सचेन्जलाई पुनर्र्सरचना गर्न ध्यान नदिएको बरु प्रतिस्पर्धी भित्र्याउन उद्यत देखिएको भन्दै आलोचना भएको थियो।
जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले नेप्से पुनर्र्सरचनालाई ध्यान दिँदै यो कार्यदल बनाएको हो।
Shares

प्रतिक्रिया