कारोबार


यो वर्ष खुम्चियो निजी क्षेत्रमा कर्जाको वृद्धिदर, ५ महिनामा १ खर्ब २ अर्बको मात्रै प्रवाह

यो वर्ष खुम्चियो निजी क्षेत्रमा कर्जाको वृद्धिदर, ५ महिनामा १ खर्ब २ अर्बको मात्रै प्रवाह

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १५:३०, काठमाडौँ

आर्थिक सुस्तताका बीच बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर निरन्तर खुम्चिन पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा कर्जा प्रवाहको वृद्धिदर १.९ प्रतिशत मात्रै देखिएको हो। यो भनेको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब २ अर्ब २४ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको भन्ने बुझिन्छ।

अघिल्लो आवको मंशिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढी कर्जा प्रवाह गरेका थिए । चालू आवमा भने कर्जाको माग खुम्चिएसँगै प्रवाहको वृद्धिदर पनि घटेको हो।

वार्षिक विन्दुगत आधारमा भने २०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ। मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको २.० प्रतिशत, विकास बैंकहरूको ०.८ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ।

२०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १४.९ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ।

२०८१ मङ्सिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.५ प्रतिशत र ६६.१ प्रतिशत थियो। आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा र वित्त विमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad