कारोबार


पाँच महिनामा ८ खर्ब ७० अर्ब भित्रियो रेमिट्यान्स

पाँच महिनामा ८ खर्ब ७० अर्ब भित्रियो रेमिट्यान्स

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १५:१८, काठमाडौँ

आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो। मङ्सिर महिनामा मात्रै भने १ खर्ब ८३ अर्ब १८ करोड रेमिट्यान्स भित्रिएको हो।

अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रहेको भित्रिएकोमा चालू आर्थिक वर्षमा बढ्न पुगेको छ। 

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा
यस्तो आय ७ खर्ब अर्ब ४३ करोड रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad