कारोबार


नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया

नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया

नेपालखबर
पुस २४, २०८२ बिहिबार १६:३९, काठमाडौँ

नेपाल निर्यात परिषद्को अध्यक्षमा डा रामशरण थपलिया निर्वाचित भएका छन्। 

परिषद्को बुधबार सम्पन्न २८औँ वार्षिक साधारणसभाले निर्विरोध रुपमा थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ  र सहकोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित  भएका छन् ।

परिषद्ले नेपालमा उत्पादित हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ। ती सामग्री आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब ७७ अर्ब तीन करोड र चालू आवको चार महिनामा ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad