कारोबार


भैरहवाको लुम्बिनी प्यालेस रिसोर्ट अपग्रेड हुने, म्यारियट ब्रान्डमा यस्तो बन्दै छ पाँचतारे होटल

आईपीओ समेत निष्काशनको तयारी
भैरहवाको लुम्बिनी प्यालेस रिसोर्ट अपग्रेड हुने, म्यारियट ब्रान्डमा यस्तो बन्दै छ पाँचतारे होटल

नेपालखबर
पुस २४, २०८२ बिहिबार १३:३८, काठमाडौँ

रुपन्देही जिल्लाको सियारीे ५ मा विगत ७ वर्षयता सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडको स्तरोन्नति हुने भएको छ।

२०७५ सालमा सञ्चालन भएको यो रिसोर्ट विगत ३ वर्षदेखि निरन्तर मुनाफामा छ। सोही क्रममा अब सेवा अपग्रेडको तयारी भएको हो।

यसअनुसार लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा ब्रान्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको हो। जुन म्यारियट इन्टरनेशनलको काठमाडौं उपत्यकाबाहिरको पहिलो र एकमात्र उपस्थिति हुनेछ। 

यसको लागि रिसोर्ट र काठमाडौंको म्यारियट होटलले होटल व्यवस्थापन सम्झौता गरिसकेका छन्। रिसोर्टका अध्यक्ष दिपक पाण्डेय, प्रबन्धसञ्चालक रोशन कुमार न्यौपानेलगायतका रिसोर्टका सञ्चालकहरु एवम् उच्चपदस्थ पदाधिकारीज्यहरु र म्यारियट इन्टरनेशनलको तर्फबाट एसिया प्यासिफिक हेर्ने प्रमुख सञ्चालन अधिकृत नीरज गोविल र दक्षिण एसियामा विकास हेर्ने वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट, दक्षिण एसियामा विकास नै हेर्ने उपाध्यक्ष जुही रोयलगायतका उच्चपदस्थ पदाधिकारीहरुको संलग्नतामा ग्लोबल हस्पिटालिटी लाइसेन्सिंग एसएआरएल (म्यारियट इन्टरनेशनल)सँग होटल म्यानेजमेन्ट एग्रिमेन्ट (एचएमए) सम्पन्न गरेको छ।

लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले यसै आर्थिक वर्षको अन्तसम्ममा पाँच तारे रिसोर्टको सञ्चालन अनुमति लिने लक्ष्य लिएको जनाएको छ।

नेपालको पर्यटन उद्योगमा नयाँ सुविधाहरुसहित नेपालको पहिलो र एकमात्र वाटर रिसोर्टको रुपमा सञ्चालन हुने यस रिसोर्टमा अत्याधुनिक, भविष्यकामी एवम् उच्च प्रविधियुक्त वाटर फाउन्टेन, वाटर शोहरु, म्युजिकल फाउन्टेन, थ्रिडी वाटर स्क्रिन, मोटर बोटिंग, मिनि क्रुज, वाटर रेस्टुराँ, वाटर स्पालगायतका दर्जनौं वाटर एक्टिभिटिजको अद्भुत सुविधाहरु उपलब्ध हुनेछ।

साथै, हाल विश्वभर नै चुनौतीको रुपमा रहेको जलवायु परिवर्तन, तापक्रम वृद्धि, पर्यावरणीय असन्तुलनलगायतका विषयहरु समेतलाई हृदयंगम गर्दै यस रिसोर्टलाई नेपालको पहिलो र एकमात्र हरित प्रमाणीकरण (गोल्ड)सहितको वेलनेस रिट्रिट एन्ड इको रिसोर्टको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ। जसअन्र्तगत हरित प्रमाणीकरण (गोल्ड) को लागि पूरा गर्नुपर्ने मापदण्डहरुजस्तै वातावरण संरक्षण, ऊर्जा बचत, दिगो विकास र कम प्रदूषणहरुलगायतका प्रावधानहरुको पूर्ण परिपालना गर्ने लक्ष्य लिइएको छ।

त्यस्तैगरी प्राकृतिक एवम् दिगो मानव स्वास्थ्य एवम् न्याचुरोथेरापीलाई पनि प्रवद्र्धन गर्दै अर्गानिक प्रमाणीकरणसहितको नेपालको पहिलो र एकमात्र अर्गानिक फाइभस्टार वेलनेस लक्जरी रिसोर्टको रुपमा यस रिसोर्टलाई विकास गर्ने लक्ष्य समेत लिइएको छ।

त्यसैगरी, स्पोर्टस टुरिज्म समेतलाई प्रवर्द्धन गर्न यस रिसोर्टलाई एउटै छातामुनी नेपालमा खेलिने सम्पूर्ण प्रमुख खेलहरुको लागि आवश्यक हुने अन्तराष्ट्रिय स्तरको सम्पूर्ण पुर्वाधार सहितको नेपालको पहिलो र एक मात्र मल्टि स्पेसली रिसोर्टको रुपमा विकास गर्ने लक्ष्य समेत लिइएको छ।

साथै, शान्तिका प्रतिक गौतम बुद्धको जन्मस्थल लुम्विनीको र नेपालको विविध सांस्कृतिक धरोहरहरुको प्रवर्द्धन गर्न यस रिसोर्टमा बुद्ध थिम पार्क, मिनि स्तूप, मिन बुद्ध म्युजियम, मेडिटेसन जोन, कल्चरल सेन्टरहरुलगायतका अदभुत सम्मिश्रण समेत उपलब्ध हुनेछ।

पूर्ण सञ्चालनमा आएपश्चात वाटर÷इको÷वेलनेस÷स्पोर्ट्स÷कल्चरल लगायतका विश्व पर्यटनका विभिन्न विधाहरुको अनुभव हासिल गर्न चाहने एवम् अन्तराष्ट्रिय स्तरका सभासम्मेलन गर्न चाहने तथा विवाह लगायतका सर्वाङ्गीण महत्वका व्यक्तिगत कार्यक्रमहरुको लागि अन्तराष्ट्रिय स्तरमै ख्याति प्राप्त नेपालकै पहिलो र एकमात्र उत्कृष्ट गन्तव्यको रुपमा यस रिसोर्ट स्थापित हुने विश्वास लिइएको छ। जसलाई मूर्तरुप दिनको लागि यस रिसोर्टमा राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरको होटल व्यवस्थापनमा करिब २७ वर्ष भन्दा बढीको अनुभव हासिल गर्नु भएका अपरेसन एन्ड एसेट्स डेभलपमेन्टका उपाध्यक्ष विजयनानमरन शानमगमको हैसियतमा व्यवस्थापन प्रमुखको रुपमा नियुक्त गरिसकिइएको छ। साथै, यस रिसोर्टमा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त विज्ञहरुलाई म्यानेजमेन्ट÷एसेट्स डेभलपमेन्ट कन्सल्ट्यान्टको रुपमा समेत नियुक्त गरिसकिइएको छ।

स्थानीय रोजगारी, स्थानीय उत्पादन, पर्यटन प्रवद्र्धन गरी देशको अर्थतन्त्रमा प्रत्यक्ष एवम परोक्ष योगदान गरी देशकै एउटा नमुना गन्तव्य स्थलको रुपमा स्थापित गर्ने रिसोर्टको योजना रहेको छ। साथै, रिसोर्टले प्राथमिक सेयर (आईपीओ ) निष्काशन गर्नको लागि आवश्यक तयारी समेत अघि बढाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad