सोमबार रक्सी खरिद गर्न गएका व्यक्तिहरुले व्यक्ति–व्यक्तिबीच कायम गरिनुपर्ने नियम उल्लंघन गरेपछि दिल्ली सरकारले विशेष कोरोना शुल्क भन्दै ७० प्रतिशत कर बढाएको छ।
सोमबारदेखि भारतमा मदिराका पसलहरु खुला गर्न दिइएको थियो।
तर मानिसहरुले दिल्लीमा भीडभाड गरेपछि प्रहरीले अवस्थालाई नियन्त्रण गर्न लाठी चार्ज नै गर्नु परेको थियो।
हालसम्म भारतमा ४६ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
त्यहाँ १५ सयभन्दा बढीको मृत्यु भएको छ। भारतमा लकडाउन मार्च २५ देखि लागू गरिएको छ।
प्रतिक्रिया