कारोबार


प्राधिकरणको अबको ध्यान विश्वसनीय र गुणस्तरीय बिजुली सेवामाः हितेन्द्रदेव शाक्य

प्राधिकरणको अबको ध्यान विश्वसनीय र गुणस्तरीय बिजुली सेवामाः हितेन्द्रदेव शाक्य

नेपालखबर
पुस २०, २०८२ आइतबार २०:२, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित हुने बताएका छन्। 

प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकहरुलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदुर पश्चिम प्रदेश पुग्नु भएका उनले त्यहि सिलसिलामा त्यहाँका विभिन्न वितरण केन्द्र र सब-स्टेशनको समेत निरीक्षण गर्ने क्रममा यस्तो बताए। 

कर्णालीको सुर्खेत र सुदुरपश्चिमको धनगढीमा आयोजित दुबै कार्यक्रममा सहभागी हुने क्रममा पनि शाक्यले प्राधिकरणको ध्यान अब गुणस्तरीय बिजुली सेवामा केन्द्रित हुने बताए। 

‘पहिलाका दिनमा लोडसेडिङ थियो। त्यतिबेला जसरी पनि बिजुली पुर्याउनुपर्छ भन्ने थियो अब बिजुली पुर्याएर मात्रै हुँदैन,’ उनले धनगढीको कार्यक्रममा भने, ‘बिजुलीको गुणस्तर राम्रो हुनुपर्छ। गुणस्तर भनेको झ्याप्पझ्याप्प बिजुली जानु भएन। बिजुली भरपर्दो हुनुपर्यो।’ 

उनले उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने कार्यक्रममा सबै भन्दा बढी विद्युत खपत गरेर प्राधिकरणको आन्दामीमा मात्रै टेवा पुर्याउने होइन विद्युतको उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिनुपर्ने बता।

‘अझ उद्योगीहरुले विद्युत कच्चापदार्थका रुपमा प्रयोग गर्नुहुन्छ। त्यो बिजुली प्रयोग गरेर त्यो भन्दा चार-पाँच गुणा बढी योगदान थप्नु हुन्छ,’ उनले भने, ‘विद्युत उपभोक्ता हाम्रो आन्दानीका लागि मात्रै होइनन्। देशकै अर्थतन्त्रको योगदानका लागि महत्वपूर्ण भएको हुनाले उहाँहरुको सम्मान गर्दै गर्दा हाम्रो दायित्व मात्रै पूरा गरेका होइनौँ। अर्थतन्त्रमा योगदान दिनुभएको र रोजगारीको पनि अवसर दिनुभएकाले धन्यवादको रुपमा यो अभियान चलाएका हौँ।’  

उनले गुणस्तीय बिजुली सबै उपभोक्ताको आवश्यकता भएको भन्दै अझ उद्योगीहरुका लागि झन आवश्यक हुने उल्लेख गरे। ‘एक पटक केही समय बन्द हुँदा कि जेनेटर चलाउनु पर्ने हुन्छ वा उहाँहरुको उत्पादन खेर जाने अवस्था हुन्छ,’ उनले भने, ‘त्यसैले उद्योगीहरुका लागि विद्युतको निरन्तरता अत्यावश्यक छ। त्यसका लागि विद्युतको भोल्टेज गुणस्तरीय हुनुपर्छ।’ 

उनले सबै वितरण केन्द्रका प्रमुखसँग बसेर कुराकानी गरेको भन्दै  सुदुरपश्चिमको क्षेत्रको विद्युतलाई विश्वसनीय र राम्रो अथवा गुणस्तरीय बनाउन अत्तरिया-धनगढी प्रसारण लाइन निर्माणको लाइसेन्स लिएर अघि बढेको पनि जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad