बागमती


काठमाडौँबाट हेटौँडा आउँदै गरेको सुमो दुर्घटना: ९ जना घाइते, ७ को अवस्था गम्भीर

काठमाडौँबाट हेटौँडा आउँदै गरेको सुमो दुर्घटना: ९ जना घाइते, ७ को अवस्था गम्भीर

नेपालखबर
पुस २०, २०८२ आइतबार २०:७, हेटौँडा

मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

आइतबार साँझ ५:२० बजेतिरको समयमा भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडातर्फ पठाइएको छ। घाइतेमध्ये ६ जना पुरुष, १ जना महिला, १ बालक र १ बालिका रहेका छन्। प्रहरीका अनुसार ७ जनाको अवस्था गम्भीर तथा २ जना बालबालिकाको अवस्था मध्यम रहेको छ।

दुर्घटनाग्रस्त सुमो गाडी हाल घटनास्थलमै रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad