भेनेजुएलामा स्टारलिंकले एक महिनासम्म निःशुल्क इन्टरनेट दिने भएको छ। अर्बपति इलोन मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिंकले एक्समार्फत यसको जानकारी दिएको हो।
अमेरिकाले शनिबार काराकासमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोको दम्पतीलाई गिरफ्तार गरेको थियो। हाल उनीहरुलाई अमेरिकी थुनामा राखिएको छ।
‘भेनेजुएलाका जनताका लागि फेब्रुअरी ३ सम्म निरन्तर इन्टरनेटको उपलब्धता सुनिश्चित गरेका छौँ’, एक्समा स्टारलिंकले भनेको छ।
स्टारलिंक स्पेसएक्सअन्तर्गतको कम्पनी हो। जसलाई मस्कले स्थापना गरेका थिए।
भेनेजुएलामा इन्टरनेट चलाउन लामो समयदेखि कडाइ गरिँदै आएको छ। चलाइने इन्टरनेट पनि निकै सुस्त रहेको बताइन्छ।
51
Shares

प्रतिक्रिया