कारोबार


‘कृषि ऋणमा प्रक्रियागत झन्झट धेरै भयो’

‘कृषि ऋणमा प्रक्रियागत झन्झट धेरै भयो’

नेपालखबर
पुस २०, २०८२ आइतबार १२:१, काठमाडौँ

सामान्य किसानले बुझ्न सक्ने र सजिलै प्रक्रिया पूरा गर्न सक्ने गरी ऋण प्रवाह गर्ने व्यवस्था गर्न कृषि तथा पशुपक्षीमन्त्री डा. मदन प्रसाद परियारले बैंकहरुलाई आग्रह गरेका छन्।

मुक्तिनाथ विकास बैंकले काठमाडौंमा आयोजना गरेको मुक्तिनाथ एग्री फाइनान्स ३६० कार्यक्रममा बोल्दै मन्त्री परियारले कृषि क्षेत्रमा हुने ऋण प्रवाहलाई सजिलो बनाउन आग्रह गरेका हुन्।

‘सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन नसकेको विभिन्न अध्ययनले देखाएको छ, कृषिमा साना किसानको पहुँच अझै पुग्नसकेको छैन, प्रक्रियाहरु झन्झटिला भएका छन्’, उनले भने।

मन्त्री परियारले कृषि क्षेत्रलाई अझै व्यवसायिक रुपमा बिस्तार गर्न सरकार बैंक तथा वित्तीय क्षेत्र र नीजि क्षेत्र सबै एकजुट भएर लाग्नुपर्ने बताए। 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले गर्ने कामलाई स्थानीय सरकारहरुको पनि सहयाभागिता बढाउन आवश्यक रहेको उल्लेख गरे।

‘सरकारले दिदै आएको सहुलियतपूर्णकर्जा उपयोगबारे स्थानीय तहले पनि तथ्यांक राख्नुपर्ने र त्यसको प्रभावकारीता बारे बैंक तथा वित्तीय संस्था र स्थानीय तहहरु दुवैले अध्ययन गर्न आवश्यक रहेको छ।’

उनले बैंकहरुले सिएसआरको पैसा प्रयोग गरेर कृषि क्षेत्रमा अध्ययन गर्न पनि जोड दिनुपर्ने बताए। 

‘कृषि क्षेत्रलाई प्रणालीमा राख्नलाई वित्तीय क्षेत्रमा नभएरर कृषि उत्पादनदेखि उपभोगसम्म जोडिने सम्पूर्ण संस्थाहरुको भूमिका महत्त्वपूर्ण हुन्छ यसलाई इकोसिस्टमको रुपमा विकास गर्न जरुरी छ।’

यस्तै मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेलले कार्यक्रममा वक्ताहरुले बोलेको कुराहरुलाई संक्षित रुप दिँदै कृषि ऋणलाई दीर्घकालीन रणनीतिसँग जोड्नुपर्ने बताए।

मुक्तिनाथ एग्रि फाइनान्स कार्यक्रममा कृषिक्षेत्रको विस्तारमा बैंक तथा वित्तीय क्षेत्र र नीजि क्षेत्रको भूमिका बारे प्यानल डिस्कसन समेत भएको थियो।

कार्यक्रममा कृषिक्षेत्रको अवस्थाको बारेमा पूर्व बैंकर अजय श्रेष्ठले कि–नोट स्पिच दिएका थिए भने कृषि विकास सचिव राजेन्द्र प्रसाद मिश्रले मुक्तिानथले जसरी अन्यले पनि कृषि कम्पनीहरु स्थापना गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad