राजनीति


अब ओलीलाई मात्रै स्थान हद

अब ओलीलाई मात्रै स्थान हद

नेपालखबर
पुस १७, २०८२ बिहिबार १७:१७, काठमाडौँ

गत भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले असोज १२ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारीहरूलाई स्थान हद लगाएको थियो। पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा पनि स्थान हदमा थपिएका थिए।

कात्तिक २६ गते आईजीपीबाट अवकास भए लगत्तै चन्द्रकुवेर खापुङलाई पनि स्थान हद लगाएको थियो। उनीहरूलाई विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न आयोगले सरकारलाई भनेको थियो। 

पूर्व गृहसचिव दुवाडी, पूर्व आईजीपी खापुङ र पूर्व प्रमुख जिल्ला अधिकारी रिजालको स्थान हद फुकुवा गर्ने निर्णय पुस ७ गते भएको थियो। त्यसपछि पनि ओली र लेखकको भने स्थान हद कायम थियो। 

जाँचबुझ आयोगले बिहीबार लेखकको पनि स्थान हद फकुवा गरिसकेको छ। अब पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै स्थान हद कायम छ। अरुको बयान सकेर आयोगले स्थान हद फुकुवा गरेको हो। लेखकको बयान बुधबार सकिएको थियो। 

ओलीले भने आयोगमा बयान नै नदिने बताउँदै आएका छन् भने स्थान हद तोक्ने आयोगको निर्णयको पनि विरोध गर्दै आएका छन्। अब अरुको बयान सकिएकाले आयोगले ओलीको बयान लिने क्रममा छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि पत्र काट्ने बताए। 

आयोगले पत्र पठाए पनि बयान दिन नजाने अडानमा ओली देखिएका छन्। ओली बयान दिन नआए आयोग गुन्डुस्थित घरमै गएर बयान लिनेसम्मको योजना छ। बयान लिएपछि मात्रै ओलीको स्थान हद फुकुवा गर्ने आयोगको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad