हिमालय रोडिज सिजन ७ का विजेता झापाका २६ वर्षीय अनिश तामाङ बनेका छन्।
उनी नेपाली सेनामा कार्यरत छन्।
अनिश सिजनकै सबैभन्दा सबल प्रतिस्पर्धीका रूपमा उभिन सफल भएको बताइएको छ। १४ गते सम्पन्न पुरस्कार हस्तान्तरण समारोहमा उनलाई औपचारिक रूपमा विजेताका पुरस्कार प्रदान गरिएको थियो।
टाइटल स्पोन्सरका रूपमा यामाहा रेसिङले पर्फर्मेन्स, पावर र राइडिङको रोमाञ्च झल्काउने मोटरसाइकल यामाहा एफजेट भी३ प्रदान गरेको थियो।
साथै, कार्यक्रमको प्रसारक हिमालय टिभीले पनि उनको उल्लेखनीय उपलब्धि र मिहिनेतको कदर गर्दै १० लाख नगद पुरस्कार प्रदान गरेको थियो।
78
Shares

प्रतिक्रिया