कारोबार


पोखरामा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक

पोखरामा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक

नेपालखबर
जेठ २४, २०८३ आइतबार ११:३४, पोखरा

गण्डकी प्रदेशका लागि ओमोडा जेको तथा आईकार सवारी साधनहरूको आधिकारिक विक्रेता एलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक गरेको छ। 

सो क्रममा ११ भन्दा बढी नयाँ ओमोडा ई५ प्रो ग्राहकहरूलाई साँचो हस्तान्तरण समेत गरिएको कम्पनीले जनाएको छ। 

कार्यक्रममा गण्डकी प्रदेशमा विस्तार हुँदै गएको ओमोडा जेको परिवारको सफलताको उत्सव मनाउनुका साथै ओमोडाको नवीनतम प्रिमियम विद्युतीय एसयूभी ओमोडा ई५ प्रो को अनावरण गरिएको थियो।

पोखरामा प्रवेश गरेदेखि नै ओमोडा जेकोले ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गर्दै आएको छ। हालसम्म पोखरा तथा आसपासका क्षेत्रमा ३५० भन्दा बढी ओमोडा ई५, १०० भन्दा बढी जेको जे६, ५० भन्दा बढी जेको जे५, तथा ६० भन्दा बढी आईकार सवारी साधन ग्राहकहरूलाई हस्तान्तरण गरिसकिएको छ।

ओमोडा जेको नेपालले विशेष ग्राहक सम्मान कार्यक्रमअन्तर्गत पोखराका विद्यमान ओमोडा तथा जेको ग्राहकहरूका लागि वारेन्टी कभरेजलाई ११ वर्षसम्म विस्तार गर्ने घोषणा गरेको छ। 

नयाँ ओमोडा ई५ प्रो मा ५०.७ किलोवाट-घण्टा क्षमताको ब्याट्री, ९९ किलोवाटको विद्युतीय मोटर, २८८ न्यूटन मिटर टर्क, १९१ मिमी ग्राउण्ड क्लियरेन्स, स्पोर्ट मसाज सिट, १९ भन्दा बढी एड्यास सुरक्षा फिचरहरू, थप प्रिमियम इन्टेरियर तथा आकर्षक स्पोर्टी एक्स्टेरियर डिजाइन जस्ता विशेषताहरू समावेश छन्।

नयाँ ओमोडा ई५ प्रो को मूल्य सिंगल टोन भेरियन्टका लागि रु. ५१.५९ लाख तथा डुअल टोन भेरियन्टका लागि रु. ५१.९९ लाख निर्धारण गरिएको छ। तर, नयाँ ओमोडा ई५ प्रो प्रति ग्राहकहरूको उत्साहजनक बुकिङलाई मध्यनजर गर्दै कम्पनीले सीमित अवधिका लागि विशेष प्रारम्भिक मूल्यस्वरूप रु. ४९.९९ लाख मा उपलब्ध गराउने घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad