कारोबार


अब नेपालपे कार्ड विदेशमा पनि चल्ने, डिस्कभर नेटवर्कसँग एनसीएचएलले गर्‍यो सहकार्य

अब नेपालपे कार्ड विदेशमा पनि चल्ने, डिस्कभर नेटवर्कसँग एनसीएचएलले गर्‍यो सहकार्य

नेपालखबर
पुस १४, २०८२ सोमबार ११:४९, काठमाडौँ

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम नेपालपे कार्डको कमर्सियल रोलआउट सुरु गरेको छ। 

नेशनल पेमेन्ट स्विच परियोजनाअन्तर्गत नेशनल कार्ड स्विच र नेपालपे कार्ड पूर्ण रुपमा सञ्चालनमा ल्याइएको हो। यसबाट बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपालभरिका एटीएम र पीओएस टर्मिनलमा मात्र नभई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने एनसीएचएलले जनाएको छ ।  

यस सहकार्यपछि नेपालपे कार्डका प्रयोगकर्ताहरुले डिस्कभर नेटवर्क र डिनर्स क्लब इन्टरनेशनलको विश्वभर संयुक्त रूपमा रहेका १९० भन्दा बढी देश तथा क्षेत्रहरूमा उक्त कार्डको प्रयोग गर्न सक्नेछन् भने नेपालका मर्चेन्टहरूले ३० भन्दा बढी नेटवर्क एलायन्सहरू तथा डिनर्स क्लब कार्डहरूमा आबद्ध विश्वभरका ३७८ मिलियनभन्दा बढी कार्डहरूबाट भुक्तानी प्राप्त गर्न सक्नेछन्।

हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले एनपीएस–नेशनल कार्ड स्विच (एनसीएस) र नेपालपेको प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन् भने अन्य संस्थाहरू पनि क्रमशः थपिने क्रममा रहेको छ। एनपीएस–एनसीएसमा कार्डसम्बन्धी कारोबारको अन्तराबद्धताका साथै राउटिङ्ग, सेटलमेन्ट, डिस्प्यूट ह्यानडिलिङ्ग तथा एकिकृत रिपोर्टिङ्ग जस्ता विशेषताहरु रहेका छन्। 

नेपालको भुक्तानी प्रणालीहरूलाई आधुनिकीकरण गर्ने उद्देश्य सहित लागू गरिएको एनपीएस परियोजनाअन्तर्गत रिटेल पेमेन्ट स्विच (आरपीएस) र क्रसबोर्डर इन्टरफेस (एनपीआईएक्स) नोभेम्बर २०२१ देखि नै कार्यान्वयनमा आइसकेका छन्। एनसीएस र नेपालपे कार्डले स्वदेशी कार्ड कारोबारमा लागत घटाउने, डाटा लोकलाइजेसन कार्यान्वयन गर्ने तथा डिजिटल इकोसिस्टममा नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले नेशनल पेमेन्ट स्विचको स्थापना र नेपालपे कार्डको कमर्सियल रोलआउटले नेपालको डिजिटल यात्रामा एक महत्वपूर्ण रूपान्तरण ल्याएको बताए। 

‘यस पहलले अन्तरआवद्ध भुक्तानी इकोसिस्टम निर्माण गर्नुका साथै नवप्रवर्तनका लागि बलियो आधार तयार पर्नेछ’, उनले भने, ‘डिस्कभर नेटवर्कसँगको हाम्रो साझेदारीले विश्वव्यापी स्वीकार्यता सहित सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरको भुक्तानी कार्ड स्किम प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ।’

डिस्कभर इन्टरनेशनल मार्केट्सका भाइस प्रेसिडेन्ट शुभ्रजित बसुले नेपालपेसँगको यो रणनीतिक सहकार्यले एशिया–प्रशान्त क्षेत्रमा हाम्रो उपस्थिति र सेवालाई विस्तार गर्न सहयोग पु¥याउने बताए। 
‘प्रत्येक कारोबारसँगै, मर्चेन्ट र कार्ड प्रयोगकर्ताहरूले गुणस्तरीय र सुरक्षित भुक्तानीको सेवामामा पहुँच प्राप्त गर्नेछन्’, उनले भने।  

एनसीएचएल २०६५ पुस ८ मा नेपाल राष्ट्र बैंकको नेतृत्व तथा मार्गनिर्देशनमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी  हो। यसमा केन्द्रीय बैंक तथा बैंक वित्तीय संस्थाहरुको लगानी छ। यसको मुख्य उद्देश्य भनेको विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन तथा कार्यान्वयन गर्नु हो। 

एनसीएचएलले डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउन बैंकिङ तथा वित्तीय प्रविधि तथा सेवाहरूलाई विस्तार गर्दै आएको छ। हाल एनसीएचएलले एनसीएचएल–ईसीसी, एसीएच, रिटेल पेमेन्ट स्विच, कर्पोरेटपे, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई), इन्टरअपरेबल क्यूआर (नेपालपे क्यूआर), क्रसबोर्डर पेमेन्ट्स इन्टरफेस (एनपीआईएक्स) र ईएफटी कार्ड स्विच कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ। 

भुक्तानी कारोबार रकमको आधारमा एनसीएचएलले नेपालको करिब ७५ प्रतिशत ननक्यास कारोबारहरु फछ्र्यौट गर्दै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad