खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागका दुईजना सव-इन्जिनियर लामो सयमदेखि कार्यालयमा अनुपस्थित रहेको पाइएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग (पुल) तर्फका सव-इन्जिनियर दामोदर पुढासैनी र दिलिप छन्त्याल विगत तीन महिना भन्दा लामाे समय देखि कार्यालयमा अनुपस्थित रहेका विभागले जनाएको छ।
विभागले आज सूचना जारी गर्दै उनीहरूसँग स्पष्टीकरण माग गरेको छ। एक महिनाभित्रमा चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सेवाबाट हटाउने चेतावनीसमेत विभागले दिएको छ।
हेर्नुहोस् सूचना

201
Shares

प्रतिक्रिया