महिनामा एक पटक मात्रै चाँदी आयात गर्ने उद्योग वा व्यवसायीलाई राष्ट्र बैंकले सटही सुविधामा सीमा लगाएको छ।
अबदेखि एक पटक मात्रै आयात गर्ने व्यवसायीलाई सटही सुविधा २० लाख अमेरिकी डलरसम्म पाउने व्यवस्था गरिएको हो।
नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ संशोधन गर्दै सटही उद्योगका लागि २० लाख र व्यवसायीका लागि ४ लाख अमेरिकी डलर सीमा कायम गरेको हो।
‘महिनामा (वि.सं.अनुसार) मा एकपटक मात्र आयात गर्ने उद्योग र व्यवसायीको हकमा उपयुक्ता सीमा क्रमशः अमेरिकी डलर बीस लाख (उद्योगका लागि) र अमेरिकी डलर चार लाख (अन्य व्यवसायीका लागि) को सीासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिनेछ’, परिपत्रमा भनिएको छ।
(*यसअघि चाँदी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ –सं.)
54
Shares

प्रतिक्रिया