राजनीति


उज्यालो नेपाल र प्रगतिशील पार्टीबीच एकताका लागि गृहकार्य

उज्यालो नेपाल र प्रगतिशील पार्टीबीच एकताका लागि गृहकार्य

एकताका लागि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग वार्ता गरिरहेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा।


नेपालखबर
पुस १३, २०८२ आइतबार १७:४९, काठमाडौँ

उर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताका लागि गृहकार्य भइरहेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) बीच आइतबार बिहान एकता गरेर जाने सहमति भएको थियो। यसअघि विभिन्न चिरणमा छलफल भए पनि लामिछाने र साहबीच सहमति हुँदा घिसिङ अलग भएका थिए। 

उनीहरूसँग सहमति हुन नसके पनि घिसिङले प्रगतिशील पार्टीसँग एकताका लागि गृहकार्य थालेका हुन्। दुवै दलको कार्यदलबीच छलफल चलिरहेको गृहकार्यमा सहभागी प्रगतिशील पार्टीका अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले बताए।

‘सल्लाह हुँदै छ। टुंगोमा पुगिसकेको छैन, हामी छलफलमै छौँ,’ परियारले नेपालखबरसँग भने। 

अध्यक्ष परिषद्का अर्का सदस्य सुदन किरातीले रवि र बालेनले कुलमानलाई छुटाएपछि प्रगतिशील र उज्यालोबीच एकताका लागि छलफल भइरहेको बताए। ‘रवि-बालेनजीले कुलमानजीलाई रेलमा छुटाउनुभयो। अब हामी विचारको हिसाबले पनि नजिक भएकाले सहकार्य तयारी भइरहेको छ,’ किरातीले भने। 

प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षकमा पूर्वमन्त्री शर्मासँगै डा. बाबुराम भट्टराई छन्। उज्यालो नेपाल पार्टीको संरक्षकमा घिसिङ छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad