कारोबार


नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १४:१७, काठमाडौँ

नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ। 

सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्धनिर्देशक डा. केशब राज भुर्तेलले हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउनेछन्।  छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad