कारोबार


अग्रवाल बने एनआईसी एसिया बैंकको अध्यक्ष

अग्रवाल बने एनआईसी एसिया बैंकको अध्यक्ष

नेपालखबर
पुस १०, २०८२ बिहिबार १६:४९, काठमाडौँ

एनआईसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोक कुमार अग्रवाल चयन भएका छन्।

नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका उनलाई ९ गते बसेको सञ्चालक समिति बैठकले अध्यक्ष चयन गरेको हो। 

चयन भएकै मितिदेखि उनको कार्यकाल लागू भएको छ। नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएको बैंकले जनाएको छ।

बैंकको अध्यक्षजस्तो गरिमामय पदमा नियुक्त उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याएको बैंकले जनाएको छ। 

‘उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्नुहुने वहाँको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाइ प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु¥याउने दृढ विश्वास लिएको छ’, बैंकले भनेको छ। 

यसअघि बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल थिए। उनले व्यक्तिगत कारण खुलाउँदै पुस ६ गते  राजीनामा बुझाएका थिए। सोही दिन बसेको सञ्चालक समितिको ७४२औँ बैठकले उनको राजीनामा स्वीकृत भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad