वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका तीनवटा होटललाई कुल रु ४५ हजार जरिवाना गरेको छ।
विभागका अनुसार मंगलबार थाकखोला थकाली भान्सा घरलाई रु १५ हजार, पाककला प्रालिलाई रु १० हजार र इन्द्रेणी फुड वर्लड एन्ड ब्याङ्केटलाई रु २० हजार जरिवाना गरेको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसारबमोजिम कारबाही गरेको हो। यस्तै विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ।
विभागले कुल १८ वटा होटल तथा खाजा पसलमा अनुमगन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो।
153
Shares

प्रतिक्रिया