कारोबार


सुनको मूल्य २ दिनमा ८ हजार ९ सय बढ्यो

सुनको मूल्य २ दिनमा ८ हजार ९ सय बढ्यो

फाइल तस्बिर


नेपालखबर
पुस ८, २०८२ मंगलबार ११:४, काठमाडौँ

नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य वृद्धि भएको छ। दुवै धातुको मूल्य बढेर आज अहिलेम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

सुनको मूल्य तोलामा ५५ सय बढेर आज दुई लाख ६७ हजार दुईसय पुगेको छ। सुनको यो मूल्य हालसम्मकै महँगो हो।

सोमबार पनि सुनको मूल्य तोलामा तीन हजार चारसय रुपैयाँ बढेर दुई लाख ६१ हजार सातसय रुपैयाँ पुगेको थियो। 

गएको शुक्रबार तोलामा दुई हजार र आइतबार तोलामा एकसय रुपैयाँ घटेको सुनको मूल्य दुई दिनमा आठ हजार नौसय रुपैयाँ बढेको हो।

आज चाँदीको मूल्य तोलामा एकसय २० रुपैयाँ बढेरको छ। 

चाँदीको मूल्य आज तोलाको चार हजार दुईसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो। विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढ्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad