समाज


पाँच डिग्री सेल्सियसभन्दा तल झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

पाँच डिग्री सेल्सियसभन्दा तल झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

नेपालखबर
पुस ८, २०८२ मंगलबार ११:७, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार) ५ डिग्री सेल्सियसभन्दा तल पुगेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे दिएको विवरणअनुसार उपत्यकाको तापक्रम ४.९ डिग्री सेल्सियसमा झरेको हो।

हिजो (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। हिजोभन्दा आज उपत्यकाको तापक्रम झन्डै २ डिग्री सेल्सियस घटेको हो। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। 

न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा कम तापक्रम न्यूनतम तापक्रम हुन्छ भने सबैभन्दा बढी तापक्रम अधिकतम तापक्रम हुन्छ। 

हेर्नुहोस् देशका विभिन्न स्थानका आजको न्यूनतम र हिजोको अधिकतम तापक्रम:

नोट : आजको अधिकतम तापक्रम भने साँझ ५:४५ बजे मापन हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad