नेपालका एक मात्र डलर अर्बपति व्यवसायी विनोद चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी–१ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ आगामी चुनावमा उतार्ने भएको छ। कांग्रेसले उनको नाम उक्त क्षेत्रबाट सिफारिस गरेको हो ।
नवलपरासी–१ बाट २०७९ मा सोही निर्वाचनमा उनी कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । सरकारले फागुन २१ गतेका लागि निर्वाचन तालिका तोकेको छ । यस्तोमा उनी एकल नाम सिफारिस भएका हुन् ।
लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट सिफारिस भएका नामहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने समेत निर्णय गरेको छ । चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएकोमा पार्टीले साधारण सदस्य नै नरहने गरी कारबाही गरेकाले खनालको नाम केन्द्रमा भने पठाइएको छैन ।
खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति महामन्त्री थिए । चर्चित म्यागजिन फोर्ब्सअनुसार आइतबारसम्म उनीसँग २ अर्ब अमेरिकी डलर सम्पत्ति छ।

प्रतिक्रिया