कारोबार


१८ अंकले बढ्यो सेयरबजार, कतिको कारोबार?

१८ अंकले बढ्यो सेयरबजार, कतिको कारोबार?

नेपालखबर
पुस १, २०८२ मंगलबार १५:२९, काठमाडौँ

सेयरबजारमा १८.३७ अंकको सुधार आएको छ।

नेप्से उक्त अंकले बढेर २६१९.९९ विन्दुमा पुगेको हो। 

योसँगै बजारमा ३ अर्ब २९ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ७८ लाख कित्ता बिक्रीमा उक्त कारोबार भएको हो। 

मंगलबार १८७ वटा सेयरको मूल्य बढ्दा ६१ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज पनि स्वस्तिक लघुवित्तका सेयरधनीले प्रतिकित्ता २३२.७० रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक नारायणी डेभलपमेन्ट बैंक, एसवाई प्यानल, वाराही हाइड्रोपावर र लुम्बिनी विकास बैंकको पनि सेयर क्रमशः ९.९९, ९.९८, ७.०४ र ५.८१ प्रतिशतले सेयर बढेको छ। 

श्वेत गंगा हाइड्रो, बोटलर्स नेपाललगायतको सेयर भने ४.१६ प्रतिशतसम्मले घटेको नेप्सेले उल्लेख गरेको छ। आज ङादी ग्रुप पावरको १९ करोड र लुम्बिनी विकास बैंकको १० करोडको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad