चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आवको मंसिरसम्म सरकारले ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।
समीक्षा अवधिमा लक्ष्यभन्दा १ खर्ब १० अर्ब ६६ करोड रुपैयाँ कम राजस्व संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। यस अवधिमा लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलनमा प्रगति हासिल भएको छ।
मंसिरमा मात्रै ८० अर्ब २७ करोड राजस्व संकलन भएको छ। मंसिरमा सरकारले ९५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। मंसिरमा राजस्व लक्ष्यको ८४.३१ प्रतिशत प्रगति हासिल भएको छ।
गत आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड राजस्व संकलन भएको थियो। गत आवको मंसिरसम्म सरकारले ४ खर्ब ९५ अर्ब २ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। समीक्षा अवधिमा राजस्व संकलन ४ अर्ब रुपैयाँले मात्र बढेको छ।
चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
Shares

प्रतिक्रिया