कारोबार


नेपालमा पहिलो पटक फिनटेक एक्स्पो हुँदै

नेपालमा पहिलो पटक फिनटेक एक्स्पो हुँदै

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १३:१०, काठमाडौँ

फिनटेक अलायन्स नेपालले पहिलो पटक नेपाल फिनटेक एक्स्पो २०२६ आयोजना गर्ने भएको छ।  नेपाल फिनटेक एक्स्पो २०२६ पुस १८ र १९ गते हेरिटेज गार्डेन, सानेपा, ललितपुरमा आयोजना हुँदै छ।

बैंक तथा वित्तीय संस्थाहरु र प्रविधि प्रवर्तकहरुलाई एक ठाउँमा जोड्ने एक्स्पोमा ६० देखि ६५ स्टल रहेन फिनटेक अलायन्सका अध्यक्ष तथा खल्तीका सह–संस्थापक अमित अग्रवालले जानकारी दिए। परिवर्तन भइरहेको डिजिटल बैंकिङमा भविष्य खोजिरहेकालाई एक्स्पो महत्वपूर्ण हुने उनले बताए।

यो नेपालमा पहिलो पटक आयोजना हुन लागेको सबैभन्दा ठूलो र पूर्ण रूपमा फिनटेक–केन्द्रित एक्स्पो भएको आयोजकको दाबी छ। जसले देशको डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन तथा नयाँ पुस्ताका प्रविधिहरूलाई एकै मञ्चमा ल्याउने आयोजकको विश्वास छ। 

दुई दिने यस एक्स्पोमा चार हजारभन्दा बढी सहभागी हुने आयोजकको अपेक्षा छ। जसमा बैंक तथा वित्तीय संस्था बीमा कम्पनी, लगानी कम्पनी, पुँजी बजार, आईटी तथा सफ्टवेयर कम्पनीहरू, फिनटेक तथा टेक स्टार्टअपहरू, सरकारी संस्थान, दातृ निकाय, नियामक संस्था, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्भावित लगानीकर्ताहरू समेत रहनेछन्। एक्सपोमा ६० भन्दा बढी स्ट्यान्डर्ड बूथ, स्टार्टअप डेमो जोन, टेक कम्युनिटी जोन, अनुभवात्मक फिनटेक शोकेस, र उद्योग–केन्द्रित ज्ञान–सत्रहरू रहने व्यवस्था गरिएको छ। टेक कम्युनिटीका लागि ‘फस्ट–कम, फस्ट–सर्भ’आधारमा निःशुल्क टेबल प्रदान गरिनेछ। जसले स्थानीय प्रतिभा र इनोभेटरहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने अवसर दिनेछ।

एक्स्पोको प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तथा नियामक तथा बैंक वित्त संस्थाका कर्मचारीहरुलाई प्रवेश पत्रका आधारमा निःशुल्क गरिएको आयोजकले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad