सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रालिबीच छुट दिनेसम्बन्धी सम्झौता भएको छ।
बैंकका ग्राहकले रिसोर्टमा छुट पाउने भएका हुन्।
सम्झौताअनुसार दक्षिणकाली, काठमाडौंस्थित चम्पादेबी हिलसाइड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन्।
यसका साथै एसबीएलएनपीएल टिकट होल्डर्सका लागि चम्पादेवी हिलसाइड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबीएलएनपीएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ।
यसअन्तर्गत एसबीएलएनपीएल टिकट होल्डर्सले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
Shares

प्रतिक्रिया