राजनीति


भारतमा नेपाली सेना र भारतीय सेनाले गरे १४ दिन संयुक्त अभ्यास

भारतमा नेपाली सेना र भारतीय सेनाले गरे १४ दिन संयुक्त अभ्यास

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १२:५०, काठमाडौँ

भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनाले १४ दिन संयुक्त अभ्यास गरेका छन्। 

मंसिर ९ देखि गते २२ गतेसम्म सञ्चालित संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’को १९ औँ संस्करण सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। 

सैन्य अभ्यास ‘सूर्य किरण’ २०६७ सालबाट नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ। गत वर्ष यो तालिम नेपालमा सञ्चालन भएको थियो। 

अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायत विषय छन्।

अभ्यास निरीक्षणका लागि नेपाली सेनाका तर्फबाट उपरथी अनुपजंग थापासहितको टोली सहभागी भएको थियो। 

नेपाली सेनाले विविध विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारतलगायत देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगितामा सहभागिता जनाउने गरेको छ।

यस किसिमका संयुक्त सैनिक अभ्यासले मित्रराष्ट्रहरूबिच मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई प प्रगाढ बनाउनाका साथै सकलदर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad