सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः पोषकराज पौडेल नियुक्त भएका छन्।
शुक्रबार बसेको सञ्चालक समिति बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो।
उनको कार्यकाल आगामी पुस ३० गतेदेखि लागू हुनेछ। योसँगै उनी ४ वर्ष सीईओ रहनेछन्।
सन् २०१८ मा पहिलोपटक सीईओ बनेका उनी २०२२ मा दोहोरिएका थिए। यो तेस्रोपटक नियुक्ति हो।
30
Shares

प्रतिक्रिया