भाटभटेनी सुपरमार्केटले गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा ध्वस्त गोदाम पुनः सञ्चालनमा ल्याएको छ।
बालुवाटारमा रहेको मुख्य गोदाम बिहीबार नै पूजाआजा गरी सञ्चालनमा ल्याइएको हो।
गोदाम सञ्चालनमा आएसँगै भाटभटेनीको आपूर्ति प्रणालीमा व्यापक सुधार हुने अपेक्षा गरिएको छ।
प्रदर्शनकारीले भाटभटेनी सुपरमार्केटलाई २४ गते निशानामा पारेका थिए। सो क्रममा आगजनी र तोडफोडबाट अर्बौँ क्षति भोगेको थियो।
96
Shares

प्रतिक्रिया