कारोबार


नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाखको सहयोग

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाखको सहयोग

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १८:१४, काठमाडौँ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ । 

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई, सञ्चालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास लाख रुपैयाँको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्। 

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो ।

उक्त हस्तान्तरण समारोह समारोहमा बोल्दै यस कम्पनीका सञ्चालक समितिका अध्यक्ष संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए। 

जेनजी प्रदर्शन र आन्दोलनको क्रममा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको र यसको पुननिर्माणमा सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए। आगामी दिनहरूमा पनि यस किसिमको सहयोग प्रदान गर्न कम्पनी तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गरे। 

नेपाल सरकारले आर्थिक सामाजिक भौतिक रूपान्तरणका लागि सञ्चालनमा ल्याउने विभिन्न कार्यक्रमहरुमा सहयोग गर्न कम्पनी तत्पर रहेको र त्यसका निम्ति पहल गर्दिनका निम्ति समेत आग्रह गरे। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले नेपाल लाइफले प्रदान गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे। नेपालको पूर्वाधार विकासमा यस किसिमको सहयोग टेवा पु¥याउने र आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad