राजनीति


ईश्वर पोखरेलले पनि कुरा बुझ्नुपर्छ एमालेमा केपी ओलीलाई टक्कर दिने कोही छैन: सूर्य थापा

ईश्वर पोखरेलले पनि कुरा बुझ्नुपर्छ एमालेमा केपी ओलीलाई टक्कर दिने कोही छैन: सूर्य थापा

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १८:१७, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाई गर्ने चाहना पूरा हुन नदिइने बताएका छन्। उनले अहिले नै ओलीलाई बिदाइ गर्ने कुरा असम्भव भएको बताएका हुन्।

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले भने, 'विगतदेखि एमाले फुटाएर, विभाजन गरेर र पार्टीभित्र एउटा समूहले मौनता साँधेर भए पनि कमजोर तुल्याउन लागि परेका छन्। पार्टी फुटाएर हिजो पनि कोही बलियो भएन, अब पनि हुने छैनन्। अहिलेको अवस्थामा नेतृत्व र पार्टीको संरक्षण गर्नुपर्छ। त्यसैले ओलीको विकल्प खोज्ने कुरा हुँदैन।’

पार्टीभित्र भइरहेको ओलीविरुद्धको मोर्चाबन्दी निस्तेज पारिने उनको भनाइ छ।

‘केपी ओलीलाई टक्कर दिने कोही छैन,’ उनले भने, ‘ईश्वर पोखरेलले पनि कुरा बुझ्नुपर्छ।’ 

मुलुकभित्र र बाहिरका शक्तिसित बहस गर्ने व्यक्तिलाई सर्वसम्मत ढंगले नेतृत्वमा चयन गरिनुपर्ने उनको भनाइ थियो। यसअघिको महाधिवेशनमा विद्रोह गरेर अध्यक्ष उम्मेदवार बनेका भीम रावलले जम्मा दुई सय मत प्राप्त गरेको उल्लेख गर्दै यसपाली महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवार बन्नेको त्यो भन्दा नराम्रो अवस्था हुने उनको दाबी छ।

यस्तै, थापाले पार्टीभित्रको मौन प्रवृत्ति घातक हुने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad