कारोबार


लुम्बिनीमा किन आउँदै छन् विश्वका २५ अर्बपति?

लुम्बिनीमा किन आउँदै छन् विश्वका २५ अर्बपति?

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १५:१६, काठमाडौँ

यही मंसिर २४, २५ र २६ गते हुने ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन विभिन्न देशका २५ अर्बपतिहरू बुद्धको जन्मस्थल लुम्बिनीमा सहभागी हुँदै छन्।

विश्व शान्ति कार्यक्रमले आयोजना गर्न लागेको यो तेस्रो संस्मरणको ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी पहिलोपटक २५ अर्बपतिहरू सहभागी हुन लागेको कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाले जानकारी दिइन्।

कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेशनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्व प्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्तिहरू कार्यक्रममा सहभागी हुँदै छन्।

कार्यक्रममा १० हजारभन्दा बढीको सहभागिता रहने खतिवडाले जानकारी दिइन्। उनका अनुसार नेपाल तथा विदेशका नेता, विद्वान्, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएको व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहने छ।

साथै कार्यक्रममा लुम्बिनी चिनियाँ व्यापारी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहनेछ।

तीन दिन चल्ने कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व र स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजहरूलाई थप शान्तिपूर्ण र समृद्ध भविष्यका, लागि जस्ता विषयमाथि छलफल तथा बहस हुनेछ कार्यक्रम संयोजक शेखर गौतमले बताए।

कार्यक्रममा सांस्कृतिक प्रदर्शनी, संगीत र कलात्मक अभिव्यक्तिका सत्रहरु पनि हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad