कारोबार


संस्थागत निक्षेपकर्ताले पनि अब व्यक्तिगत मुद्दती निक्षेपकै सरह ब्याज पाउने

संस्थागत निक्षेपकर्ताले पनि अब व्यक्तिगत मुद्दती निक्षेपकै सरह ब्याज पाउने

फाइल तस्बिर


नेपालखबर
मंसिर १५, २०८२ सोमबार ११:५६, काठमाडौँ

संस्थागत मुद्दती निक्षेपमा पनि अब व्यक्तिगत मुद्दती निक्षेप सरह नै ब्याज दिन पाउने व्यवस्था गरिएको छ।

मौद्रिक नीति २०८१/८२ को पहिलो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्तालाई सहज हुने गरी नयाँ व्यवस्था गरेको हो।

हाल संस्थागत मुद्दती निक्षेपकर्ताहरुले व्यक्तिगत मुद्दती निक्षेपकर्ताले पाउने ब्याजभन्दा १ प्रतिशतले कम ब्याज पाउँदै आएका थिए।

राष्ट्र बैंकले उक्त व्यवस्थालाई खारेज गरेर संस्थागतले पनि व्यक्तिगतसरह नै ब्याज पाउनसक्ने बाटो खोलिदिएको हो ।

यद्यपि बैंकहरूले अधिक तरलताका कारण संस्थागत मुद्दती लिन आनकानी गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad