कारोबार


अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड र दिनारको मूल्य निरन्तर वृद्धि, युरोको घट्यो

अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड र दिनारको मूल्य निरन्तर वृद्धि, युरोको घट्यो

नेपालखबर
मंसिर १३, २०८२ शनिबार ४:४०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। विगत केही दिनदेखि हरेक दिन यी मुद्राको मूल्य निरन्तर बढ्दै आएको छ। आज युरोसहित केही मुद्रा भने सस्तिएका छन्।

आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा थियो।

यही मंसिर ८ गते अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा छ। हिजो  युरो १ को खरिदर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४४ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ११ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ०६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६४ रुपैयाँ ४० पैसा र बिक्रीदर ४६६ रुपैयाँ ३६ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८० रुपैयाँ ४९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ८५ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad