युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले राजीनामा दिएका छन्।
भ्रष्टाचारविरोधी एजेन्सीले आफ्नो घर तथा कार्यालयमा छापा मारेलगत्तै येर्माकले पदबाट राजीनामा दिएका हुन्।
रुससँग जारी द्वन्द्वमा ५४ वर्षीय येर्माक जेलेन्स्कीका निकटतम सल्लाहकारमध्ये एक हुन्।
यद्यपि जेलेन्स्कीका शीर्ष अधिकारीहरूविरुद्ध १०० मिलियन डलरको भ्रष्टाचारको आरोप लागेपछि आलोचकहरूले उनलाई पनि राजीनामा दिन दबाब दिइरहेका छन्।
जेलेन्स्की र उनका नजिकका सहयोगी येर्माक दुवैलाई अहिलेसम्म संलग्नताको आरोप भने लगाइएको छैन।
यद्यपि युक्रेनका भ्रष्टाचारविरोधी एजेन्सीहरूले हालै येर्माकको अपार्टमेन्टमा खानतलासी थालेका छन्।
येर्माकले अनुसन्धान एजेन्सीहरूलाई पूर्ण सहयोग गरिरहेको बताएका छन्।
156
Shares

प्रतिक्रिया