कारोबार


निर्माण व्यवसायी र कर्मचारीले काम नगर्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहेको छ: मन्त्री घिसिङ

निर्माण व्यवसायी र कर्मचारीले काम नगर्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहेको छ: मन्त्री घिसिङ

नेपालखबर
मंसिर ८, २०८२ सोमबार ५:४१, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले आफूले लिएका ठेक्काको काम नगर्दा र कर्मचारीले आफ्नो जिम्मेवारीको निर्णय समयमै नगरिदिंदा राज्यले ठूलो नोक्सानी बेहोरिरहेको बताएका छन।

नेपाल इन्जिनियरिङ परिषद्ले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री घिसिङले पूर्वाधार क्षेत्रमा प्राविधिक दक्षता देखाउन नसक्दा र समयमै निर्णय नगर्दा आयोजना कार्यान्वयनमा जटिलता देखिएको बताए। 

आयोजना समयमा सम्पन्न हुन नसक्दा त्यसबाट प्राप्त रोजगारी सिर्जना, उत्पादकत्व, कुल ग्राहस्र्थ उत्पादनमा योगदानजस्ता लाभ प्राप्त हुन नसकेको उनको भनाई थियो। 

‘धेरै आयोजनामा काम नहुने निर्माण व्यवसायीका कारणले मात्र नभएर आयोजनाका तर्फबाट गर्नुपर्ने निर्णय समयमै नहुँदा पनि समस्या देखिएको छ, निर्णय नै गर्न नखोज्ने र गर्नै परे पनि डराउने प्रवृति देखिएको छ, इन्जिनियर कमजोर बन्दा ठेक्का सम्झौता प्रभावित हुने देखिएको छ, ठेक्का व्यवस्थापन र नेतृत्वमा रहेकाले कानूनी रुपमा पुष्टि हुने गरी शीघ्र निर्णय गर्नुपर्दछ’,घिसिङले भने।  

उनले इन्जिनियहरु आफ्नो प्राविधिक विषयमाभन्दा पनि विकास आयोजनामा सामाजिक तथा वातावरणीय विषयहरु सम्हाल्न मै बिताउनु पर्ने अवस्था रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad