तीन महिनामा सरकारको चालू खाता २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा देखिएको छ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब १५ अर्ब ३६ करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब रहेको थियो।
यसैगरी, समीक्षा अवधिमा १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ८१ करोड रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर (भुक्तानी सन्तुलन) २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड रहेको छ।
Shares

प्रतिक्रिया