सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्तावको निर्णय गरेको छ।
२८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१÷०८२ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
सर्वोत्तमको हाल कायम चुक्ता पुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ छ। त्यसको ५ प्रतिशतले हुने २४ करोड ८७ लाख ७५ हजार बराबरको बोनस प्रस्ताव गरिएको छ भने १५ प्रतिशतले हुने ७४ करोड ६३ लाख २५ हजार रुपैयाँ लाभांश करसहित नगद वितरणको प्रस्ताव गरिएको छ।
कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्नलागेको हो।
57
Shares

प्रतिक्रिया